प्राकृतिक कारणले गैंडा मर्न थालेपछि संरक्षणमा चुनौती

चितवन, ११ चैत । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारण धमाधम गैडा मर्न थालेपछि संरक्षणकर्मीहरुले चासो र चिन्ता व्यक्त गरेका छन् । चालु आर्थिक वर्ष २०७५/०७६ को साउन यता ४१ वटा गैडा प्राकृतिक कारणले मरिसकेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार ३९ वटा गैंडा निकुञ्ज क्षेत्रमा र दुई वटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन् । 

 

प्राकृतिक कारणबाट गैंडा मर्ने दर हालसम्म कै उच्च भएको उनले वताए । यसअघि आर्थिक वर्ष ०५६/०५७ मा प्राकृतिक कारणबाट सबैभन्दा बढी २८ वटा गैंडा मरेको थियो । पछिल्लो पटक आईतबार बिहान पोथी गैंडा मरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २३ को जगतपुरमा रहेको होटल टाईगर ल्याण्डको सेफ्टीट्याङ्कीमा परेर गैंडाको मृत्यु भएको सुचना अधिकारी घिमिरेले जानकारी दिए । 

null

ब्याउने समयमा बच्चा अड्किएर, बुढो भएर, जुधेर, बाढीमा पर्दा लागेका चोटपटकका कारण, बाघको आक्रमणका कारण, करेन्ट लागेर लगायतका कारणले गैंडाको मृत्यु भएको थियो । यस्तै, ढिस्कोबाट लडेर, गोहीले हानेर, दलदलमा फसेर, बिरामी भएर र बुढो भएर कालगतिबाट मर्ने कारणहरु समेत पाईन्छ । दुर्लभ वन्यजन्तु गैंडाको संरक्षणमा यसले चुनौती थपिएको संरक्षणकर्मी वताउँछन् । उनीहरुले गैंडा मर्नुको कारण अध्ययन गर्नु पर्नेमा जोड दिएका छन् । 

यतिका धेरै संख्यामा गैडा मरिरहनु चिन्ताको विषय हो, यसले संरक्षणमा चुनौती समेत थपेको छ मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगाना भन्छन्,गैडा मर्नुको कारण पत्ता लगाउन निकुञ्जले विषेश अध्ययन र अनुसन्धान गर्न जरुरी छ । चितवन निकुञ्जका सुचना अधिकारी घिमिरे रोगको कारणले पनि मृत्यु भएको हुनसक्छ भनेर अध्ययन गरिरहेको र अंगहरुको कारण र पानीको गुणस्तरणका कारण पनि हुनसक्ने भएकाले नमुना संकलन गरेर जाँच गर्न लागिएको वताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *