महासंघको स्थापना दिवसमा चितवनमा पूर्व अध्यक्षहरुलाई सम्मान

चैत्र १६, चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले पूर्व अध्यक्षहरुलाई शनिबार सम्मान गरेको छ । पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा चितवन शाखाले जिल्लाका ४ पूर्व अध्यक्षहरुलाई सम्मान गरेको हो । 

स्थापना दिवसको अवसरमा चितवन शाखाका पूर्व अध्यक्ष महेन्द्र राज श्रेष्ठ, जनक अर्याल, कृष्ण गिरी र हरिप्रसाद पोखरेललाई प्रसंसा पत्र र दोसल्ला ओढाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटी र चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडाले उनीहरुलाई सम्मान गरेका हुन् । अन्य पूर्व अध्यक्षहरु भने कार्यक्रममा उपस्थित थिएनन् । 

 

null

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सभापति डल्लाकोटीले राजनितिक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समृद्ध नेपाल निर्माणमा पनि सकारात्मक रुपमा कलम चलाउन आग्रह गरे । 

चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सृजना अर्याल, प्रेस संगठनका चिन्तामणी पौडेल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाल, महासंघ जिल्ला सचिव तीर्थ नेपाल लगायतले मन्तव्य राख्नुका साथै सम्मानित पूर्व अध्यक्षहरुले आफ्नो अनुभव साटासाट गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *