काइली जेनर संसारको सबैभन्दा कान्छी अर्बपति, नेपालका विनोद चौधरी १३४९ औँ स्थानमा

वाशिङटन । अमेरिकाकी २१ वर्षीया काइली जेनर संसारको सबैभन्दा कान्छी अर्बपति बन्न सफल भएकी छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा उनि पर्न सफल भएकी हुन् । शृङ्गारका सामानको व्यवसाय रहेको उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो ।
यस अघि कान्छा अर्बपतिका रुपमा रहेका फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई जेनरले पछाडी पारेकी हुन् । भने, जुकरबर्ग २३ वर्षको उमेरमा अर्बपति भएका थिए ।
null
फोर्ब्ससँगको कुराकानीमा जेनरले सो सूचीमा पर्दा आफूलाई खुसी लागेको बताएकी छन् । सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पति सहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा परेका छन् । भने, उनको सम्पति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको जनाइएको छ ।
यता नेपालबाट सन् २०१३ देखि लगातार अहिले पनि विनोद चौधरी अर्बपतिहरूको सूचीमा पर्न सफल भएका छन् । भने,यस पटक उनी १३४९ औँ स्थानमा रहेका छन् । उनको स्वामित्वमा १.७ अर्ब डलर बराबरको सम्पत्ति रहेको जनाइएको छ ।








