निर्मला हत्या प्रकरणः शंकास्पद २ जना पक्राउ

 

चैत १४, काठमाडौँ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा शंकास्पद २ जना पक्राउ परेका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा २ जना अछामबाट पक्राउ परेका हुन् । 

अनुसन्धानमा खटिएको प्रहरी टोलीले बयान शंकास्पद देखिएपछि दुई जनालाई अछामबाट पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ परेकाहरुको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन । 

null

अनुसन्धानमा भएको लापरवाहीका कारण निर्मलाको हत्या भएको ८ महिना बितिसक्दा पनि दोषी पहिचान हुन सकेको छैन । निर्मला हत्या घटनामा कति प्रहरी बर्खास्तीमा परीसकेका छन् भने एक दर्जन बढीको डिएनए परिक्षण भइसकेको छ । तर दोषी पत्ता लाग्न सकेको छैन । 

अहिले भने निर्मलाकी आमा दुर्गादेवीले पहिले नै पक्राउ परि छुटिसकेका दिलिपसिंह विष्टमाथि नै आफूलाई शंका लागेको बताएपछि प्रहरीले फेरि त्यसतर्फ पनि अनुसन्धान थालेको छ । 

यसअघि निर्मलाका आमा–बुवाले नै दिलिप विष्टको मानसिक सन्तुलन ठिक नभएकाे भन्दै विष्टले बलात्कार गरेको हुनै नसक्ने दाबी गरेका थिए । निर्मलाको भजाइनल स्वाबसँग दिलिपको डिएनए म्याच नभएपछि उनी रिहा भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *