(ब्रेकिङ्ग न्यूज) त्रिशूली नदीमा यात्रु बस दुर्घटना

चितवन । सोमबार राति करिब सवा १० बजे चितवनको इच्छाकामना गाउँपालिकाअन्तर्गत त्रिशूली नदीमा ना५ ख ३६८२ नम्बरको यात्रु बस दुर्घटना भएको छ । बस पृथ्बी राजमार्गबाट करिब ३०० मिटर तल नदी किनारमा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक नवीनराज बुढाथोकीले जानकारी दिए । प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ । एसपि सुशील सिंह राठौरका अनुसार बसमा सवार एक जना यात्रु गम्भीर घाइते भएको र अन्य यात्रु सामान्य घाइते अबस्थामा रहेको मकालु खबरलाइ बताए । उक्त बस मुन्लिङ्ग बाट कुरिनटार जादै गरेको थियो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =