विकासका लागि मित्र राष्ट्रको सहयोग चाहिएको छः प्रधानमन्त्री ओली

 

फागुन २६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताएका छन् । 

नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आज आयोजित ४५औँ वार्षिक कार्यक्रममा उनले भने, ‘हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ ।’ 

null

नेपालको विकासका विदेशी लगानी र सहयोग जुटाउन सरकारले निकट भविष्यमै काठमाडौँमा अन्तरराष्ट्रिय लगानी सम्मेलन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासका लागि विदेशी सहयोग, सहकार्य र लगानी आवश्यक छ भने । 

नेपाल र जापानबीचको दशकौंँ लामो ऐतिहासिक कूटनीतिक सम्बन्धले शिक्षा, स्वास्थ्य पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गर्दै उनले विगतमा नेपाल राजनीतिक समस्याको चक्रब्यूहमा रहँदा पनि जापानले गरेको सहयोगको प्रशंसा गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =