महिलाहरुको प्रतिनिधित्व गराउँदै मन्त्रीमण्डल विस्तारको तयारीमा छाैँः मुख्यमन्त्री राई

 

फागुन २२, विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले महिलाहरुको प्रतिनिधित्व गराउँदै मन्त्रीमण्डल बिस्तारको तयारीमा रहेको बताएका छन् । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयले १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा विराटनगरमा आयोजना गरेको महिला हक अधिकारसम्बन्धी दुईदिने प्रादेशिक महिला सम्मेलनमा बोल्ंदै उनले यस्तो बताएका हुन् । 

null

कार्यक्रमका सहभागि महिला जनप्रतिनिधिहरुले प्रदेश सरकार महिलामैत्री नभएको भन्दै प्रश्न उठाएपछि प्रत्युत्तरमा मुख्यमन्त्रीले महिलालाई सहभागी गराएर मन्त्रीमण्डल विस्तारको तयारीमा रहेको प्रष्ट पारे । 

उनले अब छिट्टै विस्तार हुने प्रदेश मन्त्रीमण्डलमा महिलाहरुलाई समुचित स्थान दिइने बताए । उनले भने, ‘प्रदेश सरकारमा महिलाको प्रतिनिधित्व नभएको गुनासो बारम्बार आइरहेको छ । आज तपाईंहरुले पनि प्रश्न नै उठाउनु भयो । तपाईँहरु ढुक्क हुनुहोस्, महिलाको उचित सहभागिता सहित मन्त्री मण्डल विस्तार गर्छौँ ।’ 

 

सहभागिले नै उठाएका जिज्ञासाको जवाफ दिँदै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १ नम्बर प्रदेशलाई महिलामैत्री बनाइने प्रतिवद्धता जनाए । उनले त्यसका लागि ऐन, कानुन र निति निर्माण गर्नुपर्ने भएकाले त्यसको पूर्वअभ्यासका लागि दुइदिने कार्यक्रम गरिएको बताए । 

कार्यक्रमबाट प्राप्त सुझावले प्रदेश सरकारको महिलासम्बन्धी नीति, महिला उत्थानका कार्यक्रम र कार्ययोजना बनाउन सघाउ पुग्ने मन्त्री घिमिरेले बताए । उनले भने, ‘अझ प्रदेशका धेरै ऐन कानुन बनाउनु पर्नेछ । ती कानुन र नीतिहरु म्हिलामैत्री बनाउनका लागि प्रदेश सरकारले कुनै कसर बाँकि राख्ने छैन ।’ 

नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशस्तरीय दुई दिने महिला सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा १ सय ३५ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ, महिला मानवअधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *