विप्लब माथिको प्रतिबन्धः देशी विदेशी प्रतिक्रियावादीको योजनामा

फागुन ३०, काठमाडौं । सरकारले नै विखण्डनकारी र देशद्रोही भनेका सिके राउत र उनकै नेतृत्वमा रहेको स्वतन्त्र मधेस गठबन्धन समुहसँग एकाएक नाटकिय रुपमा गरेको सहमति विदेशी प्रतिक्रियावादीको योजनामा हठात मनोविज्ञानको उपज भएको बताएको छ ।  

बुधबार एक विज्ञप्ति जारी गर्दै वर्हिगमित जनमुक्ति सेना नेपालले स्वाधिन नेपाल र अखण्ड राष्ट्रको पक्षमा उभिँदै जनजिवीकाका सवाललाई प्रमुखताका साथ उठाउँदै आएको विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णयले सिँगो देशवासीलाई आश्चर्यचकित बनाएको समेत बताएको छ ।  

वर्हिगमित जनमुक्ति सेनाका अध्यक्ष असिम लिम्बु र इन्चार्ज सुनिलले जारी गरेको विज्ञप्तिमा ‘यी दुवै निर्णय देशी तथा विदेशी प्रतिक्रियावादी योजना र षड्यन्त्रअनुरुप भएका हुन वा हठात् मनोविज्ञानका उपज हुन त्यो भने आगामी दिनले नै बताउँदै जानेछ ।’ भनिएको छ ।  

null

 

विज्ञप्तिमा द्वन्द्वबाट थिलथिलो भएको मुलुक अब तङरिन्छ कि भनेर आम नागरिकले आशा गरिरहेको बेला सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिवन्धले मुलुक पुनः द्वन्द्वमा जाने खतरा उत्पन्न भएको दावि गरिएको छ । साथै सरकारले गरेको आफ्नो निर्णयमा पुर्नविचार गर्दै उत्पन्न समस्याको समाधान वार्ता र संवादका माध्यमबाट माग गरिएको छ । 

वहिर्गमित जनमुक्ति सेना नेपालले कम्युनिष्ट नेतृत्वमा दुई तिहाई सरकार बनेपछि देश प्रगतिपथमा लम्किन्छ भन्ने आशा र भरोसा गरिएपनि सरकार गठनको एक वर्षमा जनअपेक्षाकृत काम हुन नसकेको ठहर गरेको छ । साथै सरकारले गएको वर्षमा केही गर्न नसकेपनि अब केही गर्छ कि भन्ने पुनः जनअपेक्षा गरिएपनि सरकारको पछिल्लो निर्णयले निराशा मात्र पैदा भएको बताइएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *