एनालग टेलिभिजन बन्द गर्ने निर्णयको अटेरी गर्ने धरान केवुलमा शिल

 

चैत्र ५, काठमाडौं । एनालग प्रविधिबाट केवुल टेलिभिजन सञ्चालन गरेको भन्दै धरान स्थित धरान केवुल नेटवर्क बन्द गरेको छ । सरकारले डेढवर्ष अघि नै सबै एनालग टेलिभिजन बन्द गर्ने निर्णय गरेकोे भएपनि धरान केबुल प्रालिले त्यसको वेवास्ता गर्दै गैरकानुनी रुपमा केवल टेलिभिजन सञ्चालन गर्दै आइरहेको थियो । 

मंगलबार धरान केबुल नेटवर्कको कार्यालयमा जिल्ला हुलाक कार्यालयको सहयोगमा अनुगमन गर्न गएका सुचना तथा प्रविधि मन्त्रालयका कर्मचारीहरुद्धारा एनालग टेलिभिजन चल्दै आएको फेला पारेपछि धरान केबुलको एनालग टेलिभिजन बन्द गरेको हो । अनुगमनको क्रममा आएका मन्त्रालयका उपसचिव तुलसी घिमिरेले देशैभरी एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि स्तरोन्नति नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराउँदै आइएको जानकार दिँदै कृतिदर्शन टेलिभिजन एनालग प्रविधिबाट चलेको पाइएपछि बन्द गरिएको बताए । 

null

 

टोलीले एनालग टेलिभिजनको लाईन काटी बिभिन्न उपकरणहरु जफत समेत गरेको छ । टोलीले कार्यालयबाट ८६० मोडलको म्याुफ्याक्चर केन्ट अप्टीक्स १२ थान, एनओडीई, एटवे कम्वाईनर जेब्सी १ थान र टुवे स्प्लाईटर तथा डिजीकम बक्स १ थान जफथ गरेको छ । इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गर्न आफना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि नेपाल सरकारले पनि एनालग प्रविधि हटाउने निर्णय गरेको थियो । नेपाल आईटीयूको सदस्य राष्ट्र हो । 

 

धरान केबुलका सञ्चालक सोकेन पलिखेले आफुहरु डिजिटलाइजेशनको प्रक्रियामा नै रहेकोले सरकारले केही समय दिनुपर्ने बताए । उनले प्रक्रियामा रहदा रहदै केही समय ढिलो हुन भएको स्वीकार गरेका छन ।  सर्वोच्च अदालतले एनालग टेलिभिजन बन्द गर्न करिब डेढ बर्ष अघि नै सरकारलाई निर्देशन दिए पनि एनालग टेलिभिजन बन्द हुन सकेका थिएनन् । एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाइन्छ । 

 

एनालग केबलमा एउटै केबलबाट धेरै जनाले टिभी हेर्न सकिने हुँदा गुणस्तर कम हुने तथा नेपाल सरकारको राजस्व समेत गुम्ने गर्दथ्यो । केवुल सञ्चालकले थोरै ग्राहक देखाएर राजस्व छल्ने गर्दथे । नेपालमा अहिले डिसहोम मिडिया नेटवर्कको डिसहोम, सुबिसु केबल नेटवर्कको क्लियर टिभी, सिम्पल मिडिया नेटवर्कको सिमटिभी लगायतले डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *