इथियोपियन एयरलाइन्स दुर्घटनाः चीनले लगायो उडानमा प्रतिबन्ध

 

फागुन २७, काठमाडौँ । इथियोपियन एयरलाइन्स दुर्घटना पश्चात् चीनले सो विमान उडानमा प्रतिबन्ध लगाएको छ । उक्त विमान धेरै दुर्घटना हुन थालेपछि चीनले प्रतिबन्ध लगाएको हो । 

पछिल्लो पाँच महिनामा बोइङको नयाँ विमान दुर्घटनाग्रस्त भएको यो दोस्रो पटक हो । पछिल्लो साल अक्टुबरमा लायन एयरलाइन्सको बोइङ म्याक्स विमान पनि जकार्ताबाट उडान भरेको केही समयपछि दुर्घटनाको शिकार भएको थियो र त्यसमा सवार १८९ मानिसको ज्यान गएको थियो । 

null

बोइङ ७३७ म्याक्स–८ को कमर्सियल प्रयोग सन् २०१७ मा मात्रै सुरु भएको थियो र सुरक्षालाई लिएर कम्पनीले ठुलो दाबी गरेको थियो । 

 

दुर्घटनापछि भने इथियोपियाले आफ्नो सबै बोइङ विमान नउडाउने निर्णय गरेको छ । चीनले पनि आफ्नो घरेलु उडानमा प्रयोग हुने सो मोडलको सबै विमानको उडानमा रोक लगाएको छ। 

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *