आदिवासी जनजातिले राजनीतिक क्रान्ति गर्नुपर्ने

फागुन २१, धरान ।  नेपालका आदिवासी जनजातिहरुले गर्दै आएको सामाजिक, धार्मिक एवम् सांस्कृतिक आन्दोलनलाई राजनीतिक क्रान्तिमा रुपान्तरण गर्नुपर्ने आदिवासी जनजाति अभियान्ताहरुले बताएका छन् । 

 

आदिवासी जनजाति सरोकार समाज, नेपालले धरानमा गरेको अन्तरक्रियामा आदिवासी जनजातिका अगुवाहरुले यस्तो बताएको हो । उनीहरुले अहिले पनि आदिवासी जनजातिका मूद्दाहरु थांती नै रहेकाले संविधान, मुलुकी संहिता ऐन लगायतमा भएका विभेदकारी व्यवस्थाहरु संशोधन गर्दै तथा राज्यवाट गरिंदै आएको भाषिक, सांस्कृतिक, धार्मिक विभेदकारी व्यवहार सच्याउंदै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न कार्यान्वयनमा जोड दिनुपर्नेमा नेतृत्वको ध्यान जानुपर्ने बताएका छन् । 

null

उनीहरुले अहिले पनि आदिवासी जनजातिहरु माथि विभेद कायमै भएतापनि महासंघको संगठानात्मक संरचना र आन्तरिक कमी कम्जोरीका कारण भूमिका प्रभावकारी नदेखिएको भन्दै महासंघ नेतृत्वप्रति असन्तुष्टि समेत पाखेका छन् । 

समाजका अध्यक्ष सुजेन्द्र गोलेको अध्यक्षतामा भएको अन्तरक्रियामा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्द छन्त्याल, किरांत याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष कमल तिगेला, भुजेल समाज सेवा समितिका केन्द्रिय उपाध्यक्ष राजकुमार भुजेल, तमू ह्रयुल  छोंज धींका केन्द्रिय सह–महासचिव डम्वर तमु, नेपाल मगर संघका केन्द्रिय सदस्य शारदा थापा मगर, नेपाल आदिवासी जनजाति महासंघका पूर्व जिल्ला अध्यक्ष ङावा लप्टु लामा शेर्पा, जिल्ला उपाध्यक्ष गेल्वु शेर्पा, जिल्ला सहसचिव विष्णु मोक्तान, जिल्ला सदस्य भोला श्रेष्ठ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका जिल्ला अध्यक्ष संगिता सुब्बा, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष सुरज लामा, भुजेल समाज सेवाका जिल्ला अध्यक्ष रवि भुजेल, मंगोल नेशनल अर्गानाइजेशन सुनसरीका नेता काजीराम राई, नगर अध्यक्ष लोकबहादुर राई, नेपाल आदिवासी जनजाति महासंघका पूर्व नगर अध्यक्ष चित्रराज थापा मगर, पूर्व नगर उपाध्यक्ष राम योञ्जन, सुनुवार सेवा समाजका नेता गजेन्द्र मुखिया सुनुवार, शिङ्सा कल्याण केन्द्रका नेता निमा पोङ्स्यूवा, नेवा देय दवूका नगर अध्यक्ष मनोहर शाक्य, नेपाल शेर्पा संघका नगर अध्यक्ष तेन्जिङ शेर्पा, महिला शक्ति समाजका अध्यक्ष अन्जना राई लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *