बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, अन्य बेपत्ता

फागुन १९, काबुल ।  मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । 

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

अधिकारीहरुले कम्तीमा दश जना अझै पनि बेपत्ता रहेको जनाएका छन् । बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन् । देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =