यस्तो रहेछ प्रधानमन्त्री सवार विमान ‘होल्ड’ हुनुको कारण

 

चैत ७, काठमाडौँ । दुई हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज ‘होल्ड’ हुनुको कारण खुलेको छ । 

१६ दिन अघि (फागुन २१ गते) प्रधानमन्त्री ओली सवार यति एयरलाईन्सको विमान होल्ड गरिएको विषयमा गठन गरिएको छानविन समितिले प्रतिवेदन बुझाएसँगै यसको कारण खुलेको हो । 

null

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका स–सचिव सुरेश आर्चायको संयोजकत्वमा गठन भएको ५ सदस्यीय छानविन समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका कर्मचारी र एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण विमान होल्डमा परेको निष्कर्ष निकालेको छ । 

‘होल्ड हुनुमा संवेदनशील सूचना जिम्मेवार निकायले यथासमयमा प्रवाह नगर्नु, जिम्मेवार अधिकारीहरुले कार्यविवरण अनुसारको कार्य नगर्नु’, छानविन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । 

समितिले लापरबाही गर्ने कर्मचारीलाई विभागीय कारबाहीको लागि प्राधिकरणलाई सिफारिस गर्न पनि सुझाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *