आज मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

काठमाडौँ, १२ चैत्र । नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

सोमबार रातिदेखि देशका अधिकाश ठाँउमा मेघगर्जन र हावाहुरी सहित पानी परेको छ । यो क्रम मंगलबार पनि दोहोरिने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

null

मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ भने कतै कतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्ने छ । तर ठूलो पानी पर्ने संभावना नरहेको महाशाखाले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =