लियो क्लब विराटनगर युनिकद्धारा दलित विद्यार्थीलाइ ब्याग र कपि वितरण

 

चैत ५, विराटनगर । लियो क्लब अफ विराटनगर युनिकले विराटनगर–१९ बैजनाथपुर स्थित पञ्चकन्या आधरभुत विद्यालयमा अध्ययनरत २ दर्जन बढी विद्यार्थीलाई स्कुल ब्याग र कपि वितरण गरेको छ । 

सो क्लबले अन्तराष्ट्रिय समाजसेवा दिवसको अवसर पारेर सो विद्यालयको कक्षा २ मा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग र कपि वितरण गरेको हो । क्लबले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रिय सचिव वसिम आलम, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका स्वकीय सचिव विष्णु यादवको सहयोगमा प्रत्येक विद्यार्थीलाई १ थान स्कुल र व्यवसायी तथा समाजसेवी लक्ष्मण घिमिरेको सहयोगका प्रति विद्यार्थी ४ थान कपि वितरण गरेको क्लबकी अध्यक्ष आइसा रायनले जानकारी दिइन् । 

null

कार्यक्रममा स्वकीय सचिव तथा अनेरास्ववियूका केन्द्रीय सचिव वसिम आलमले विभिन्न कलेजमा अध्यनरत विद्यार्थीहरुले लियो क्लबमा संगठित भएर मानविय सेवाको कार्य नियमित गर्ने गरेको भन्दै क्लबको प्रसंसा गरे । उनले लियो क्लब अफ विराटनगर युनिकमा आवद्ध युवाहरुले सानै उमेरदेखी समाजसेवामा अग्रसर भएकाले समाजमा मानवता रहेको उदाहरण प्रस्तुत गर्दै आएकाले क्लबलाई आगामी दिनमा पनि साथ र सहयोग गर्ने प्रद्धिवद्धता जनाए । 

कार्यक्रममा लियो क्लब अफ विराटनगर यूनिकका प्रथम उपाध्यक्ष पेरिस सुवेदीले क्लब मार्फत नियमित विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जानकारी दिए । उनले क्लब मार्फत आगामी दिनमा पनि सामाजिक कार्यहरुलाई निरन्तरता दिइरहने बताए । उनले विद्यार्थीलाइ ब्याग र कपि वितरण गर्ने सहयोगी दाताहरुप्रति आभार प्रकट गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *