नेपाल इन्जिनियरिङ कलेजमा ब्रम्हलूट भएको छानविन समितिको ठहर

 

चैत्र १४, काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा ब्यापक अनियमितता भएको आर्थिक छानविन समितिले ठहर गरेको छ । शिक्षा मन्त्रालयका सहसचिब डा. हरिप्रसाद लम्साल संयोजकत्वको आर्थिक अनियमितता छानविन समितिले शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई प्रतिवेदन बुझाउँदै कलेजमा ठूलो आर्थिक अनियमितता भएको बताएको हो । 

समितिका एक सदस्यका अनुसार कलेजका तत्कालिन कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेको नेतृत्वले निर्णय गरेरै आर्थिक अपचलन गरेको ठहर गरेको छ । 

null

सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजलाई निजीकरण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई समेत ७८ लाख घूस खुवाएका लम्बोदर न्यौपाने, सञ्चालक सदस्य सांसद सुर्यबहादुर केसी, लवराज भट्टराई, रामरात्न उपाध्याय लगायतले ठूलो आर्थिक हिनामिना गरेको देखिएको समितिका ती सदस्यले बताए । 

समितिका संयोजक डा। लम्सालले कुनकुन विषयमा अनियमितता भएको स्पष्ट भन्न नमिल्ने बताउँदै आफुहरुले प्रतिवेदन मन्त्रीलाई बुझाएको जानकारी दिए । ‘यसमा धेरै कुराहरु छन् मन्त्री ज्यूलाई प्रतिवेदन दिइएको छ । यो राजनीतिक विषय पनि भएकोले अहिलेलाई केहि भन्न मिल्दैन ।’ उनले मकालु खबरलाई भने । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कलेजको आर्थिक हिनामिना छानविन गर्न माघ ३ गते सहसचिब डा। लम्सालको संयोजकत्वमा छानविन समिति गठन गर्न निर्देशन दिएको थियो । त्यस लगत्तै माघ ११ गते पोखरा विश्वविद्यालयका अर्जुन गौतम, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिना, चार्टर एकाउन्टेन्ट हरि सिलवाल तथा मन्त्रालयका उपसचिब लक्ष्मीप्रसाद खड्का सदस्य रहेको छानविन समिति गठन गरेको थियो । उक्त समितिले करिब दुई महिना लगाएर कलेजको लेखा शाखाबाट विभिन्न कागजात झिकाएरै अध्ययन गरेको थियो । 

कलेजले समितिलाई विभिन्न मितिका माइन्यूट देखि लेखा शाखाका फायलहरु उपलब्ध गराएको थियो । कलेजको नाममा विभिन्न बैंकमा खोलिएका बैंक खाताको ४१२ पृष्ठको बैंक स्टेटमेन्ट अध्ययनका लागि बुझाएको थियो । ‘हामीले शिक्षा मन्त्रालयलाई ०७४०७५ वाहेक त्यस अघिका सम्पूर्ण बैंकका ४१२ पेजका स्टेटमेन्ट २ वटा फायल बनाएर फागुन ७ गते नै बुझाएका छौं । ०७४०७५ को बैंक खाता रोक्का भएकोले हामीले दिन सकेनौं ।’ कलेजका प्रिन्सिपल डा. हरिकृष्ण श्रेष्ठले बताए । 

कलेजमा ०७० सालदेखि ०७४ साल सम्म कार्यकारी अध्यक्ष भएका लम्बोदर न्यौपानेले ब्रम्हलूट गरेका थिए । उनले सामाजिक संस्थालाई निजीकरण गरी विक्रि गर्न कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल इन्जिनियरिङ प्रा.लि. नामक कम्पनी खडा गरी कलेज हत्याउने सड्यन्त्र गरेका थिए । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख घूस समेत खुवाएका थिए । 

पाठकले घूस खाएको भिडियो सार्वजनिक भएपछि अख्तियारले न्यौपानेलाई समेत नियन्त्रणमा लिएर मुद्दा चलाउने तयारी गरपछि न्याैपाने अख्तियारमा बयान दिँदादिँदै फरार भएका छन् । अख्तियारले न्यौपाने र तत्कालिन आयुक्तका नाममा ७८ लाख रुपैंया विगो सहित विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । 

संसदीय उपसमितिले कलेज सञ्चालनको मोडालिटी तयार गर्न पोखरा विश्वविद्यालयका इन्जिनियरिङ संकायका डीन उपप्राध्यापक बुद्धिराज जोशीको संयोजकत्वमा समिति गठन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *