रेल किन्न सरकारले छुट्यायो ८४ करोड ६५ लाख बजेट

 

चैत ७, काठमाडौँ । सरकारले रेल किन्नका लागि ८४ करोड ६५ लाख बजेट छुट्याएको छ । 

सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जयनगर–जनकपुर–बर्दिवास रुटका लागि आफ्नै रेल किन्न ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् । 

null

सरकारले कररहित मुल्यमा जि–टु–जि प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई स्वीकृति दिएको हो । 

सञ्चारमन्त्री गोकुल बास्कोटाले रेल किन्न प्रारम्भिक बजेट विनियोजन गरिएको बताए। 

भारतीय सरकारी कम्पनी कोन्कान रेलवेज कर्पोरेसन लिमिटेडमार्फत अब सरकारले जिटुजी प्रक्रियामार्फत दुई डेमु रेल खरिद गर्नेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =