ठूलो दुर्घटना हुनबाट यसरी जोगियो काठमाडौँ आउँदै गरेको विमान

 

चैत ४, काठमाडौँ । भारतीय आकाशमा दुई विमान ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौँ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी होचि मिन्हबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा दुर्घटना हुनबाट जोगिएका हुन् । केही सेकेण्डको सावधानीका कारण ठोक्किनबाट जोगिएका हुन् । 

null

गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौँ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,००० हजार फिट माथि उडाउन आदेश दिएका कारण उचाई लिने क्रममा सो जहाज अर्को दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने–सामने भएको थियो । 

दुई जहाज तीन नटिकल माईल, अर्थात केहि सेकेण्ड मात्र एक अर्काबाट टाढा थिए । ती दुई विमान ५.५५६ किलोमिटरको फरकमा थिए । एयर फ्रान्स ३२ हजार फिट उचाइमा र इतिहाद विमान ३१ हजारको उचाइमा उडिरहेका थिए । तत्काल एयर ट्राफिक कन्ट्रोलरले इतिहाद विमानलाई ३३ हजारको उचाइ लिन निर्देशन दिएको हो । 

यो घटनापछि मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको र तत्काल अनुसन्धान थालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *