जातिय छुवाछुत हटाउन डा.शर्माले गराए दलित समुदायसँग सामुहिक वनभोज (भिडियोसहित)

 

फागुन ३०, मोरङ । कानुनी रुपमा जातिय छुवाछुत अन्त्य गरिएपनि व्यवहारिक रुपमा कायमै रहेको अवस्थामा समाजसेवी डा.सुनिल शर्माले छुवाछुत हटाउने उद्देश्यले दलित समुदायसँग सामुहिक वनभोज गराएका छन् । गाउँ घरमा अझै पनि हट्न नसकेको छुवाछुत प्रथालाई न्यूनिकरण गराउन नोबेल अस्पताल सञ्चालक डा.शर्माले बेतना सिमसारमा सामुहिक वनभोज कार्यक्रम गराएका हुन् । 

डा.शर्माको पहल तथा आर्थिक सहयोगमा नेपाल दलित संघले वनभोज आयोजना गरेको हो । वनभोजमा मोरङको ३ नम्बर क्षेत्रका २६ वटै वडामा बसोबास गर्ने करिव ७ हजार ३ सय दलित समुदायका व्यक्तिहरु सहभागी भएको नेपाल दलित संघका क्षेत्रीय अध्यक्ष मिना सेन्चुरीले जानकारी दिइन् । 

null

 

दलित समुदायसँगै पार्टीका नेता तथा समाजसेवी व्यक्तिहरु पनि सहभागि भएर सामुहिक भोजन गरेका थिए । 

 

सो क्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बु, महासमिति सदस्य बसन्त भट्टराई, प्रदेश सांसद शेखरचन्द्र थापा, नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा लगायतले जातिय छुवाछुत हटाउन सामुहिक वनभोजले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *