विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

नवलपरासी, १२ चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इन्चार्जसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी जिल्ला इन्चार्ज सुमन उपनामका गंगा ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनिया छन् । दुवै जनालाई गएराति पक्राउ गरिएको हो । बर्दघाट नगरपालिका ४ घर भएका ज्ञवाली परिवारलाई भेट्न आउने क्रममा राति ८ बजे घर नजिकैबाट पक्राउ परेका हुन् । पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

 

त्यसै गरी पूर्वी नवलपरासी कावासोती नगरपालिका १५ शेरगञ्जका मर्दनियालाई घरबाटै पक्राउ गरिएको हो । उनलाई नवलपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले विप्लव नेतृत्वका जिल्ला स्तरका नेता, सक्रिय कार्यकर्ताको खोजी तीब्र बनाएपछि उनीहरू भूमिगत छन् । यसअघि प्रहरीले बर्दघाट इन्चार्ज गणेश ढकाललाई पक्राउ गरेर मुद्दा चलाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *