कंलकीमा पाकेटमार ट्राफिक प्रहरीको फन्दामा

 

चैत्र ८, काठमाडौं । महानगरिय ट्राफिक प्रहरी कंलकीले यात्रुवाहक बसमा पाकेटमार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यात्रुवाहक बसबाट पाकेटमारी भाग्ने सिन्धुपाल्चोक घर बताउने वर्ष १९ का सुमन नेपाली रहेका छन् । महानगरिय ट्राफिक प्रहरी कंलकीका प्रमुख केशव राज भट्टले रत्नपार्कबाट थानकोट जाँदै गरेको बसमा सवार चन्द्रागिरी नगरपालिका–११ का ५८ वर्षीय बद्री श्रेष्ठको गोजीबाट पाकेटमारी भाग्न खोज्दा नेपालीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको बताए । भट्टका अनुसार श्रेष्ठको गोजीबाट ५५ हजार चार सय रुपैयाँ पाकेटमारी गरेर कंलकी चोकबाट ओरालोतिर भाग्दै गर्दा ट्राफिक प्रहरी जवान महेन्द्र शर्माले नेपालीलाई पक्राउ गरेका हुन् ।पक्राउ परेका नेपालीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *