भगवान विष्णुले यस कारण लिएका थिए वराह अवतार 

 

फागुन, २७ । वराह अवतार भगवान विष्णुको तेस्रो अवतार हो । हिरण्याक्ष नाम गरेको दैत्यले धर्तीमा आतंक मच्चाएको थियो यो दैत्यले देवताहरु र ऋषि(मुनिहरुलाई समेत निकै नै सताएको थियो। 

धर्तीमा हवन र यज्ञ आदी भइरहन्थ्यो यसबाट देवताहरुलाई शक्ति मिल्ने गदथ्र्यो। एकपटक महाबली हिरण्याक्षले धर्तीलाई समुन्द्रमा लगेर लुकायो। यसले गर्दा सारा ब्रह्माण्डमा उथल -पुथल मच्चिन लाग्यो र सारा सृष्टिको नियम भंग हुन थाल्यो। 

null

यस्तो अवस्थामा देवताहरु र ऋषि-मुनिहरु मिलेर भगवान विष्णुको प्रथार्ना गरे। देवता र ऋषि-मुनिहरूको प्रथार्नापछि विष्णुले आश्वस्त पार्दैं सहयोग गर्ने वचन दिए।वराहको रुप धारण गरे। 

वराह रुप धारण गरेका विष्णुले ठूलो गर्जन सहित समुन्द्र मुनि गएर समुन्द्रबाट पृथ्वीलाई सुँढमा राखेर बाहिर निकाल्दै गर्दा दैत्य हिरण्याक्ष रिसले चुर हुँदै वराह रुप धारण गरेका विष्णुमाथी विभिन्न अस्त्र (सस्त्रले आक्रमण गर्न थाल्यो। 

हिरण्याक्षले प्रहार गरेको अनेकौं अस्त्र -सस्त्रले वराह अवतारलाई कुनै हानी-नोक्सानी पुर्‍याउन सकेन।शक्तिशाली वराह अवतारको अगाडी आफू कमजोर सिद्ध भएपछि हिरण्याक्ष दैत्य भाग्न थाल्यो र वराहले हिरण्याक्षको पेटमा आफ्नो धारिलो सुँढले प्रहार गरेर उसको बध गरे। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *