‘द्वन्द्व पीडितलाई राज्यले राष्ट्रका गहनाको रुपमा लिएको छ’

 

फागुन २४, काठमाडौं । द्वन्द्व पीडितलाई राज्यको टाउको दुखाईको रुपमा नभएर राष्ट्रका गहनाको रुपमा राज्यले लिईरहेको पूर्वमन्त्री, नेकपाकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य सत्या पहाडीले बताएकी छिन् । आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सांसद पहाडीले सरकारले जनयुद्वका घाईतेहरुसँग समस्याको बारेमा उचित वार्ता गरिसकेको कारणपनि अव सरकारले घरवासको कार्यक्रममा पनि ध्यान दिईरहेको बताइन् । 

सरकार गठनको यो एक वर्षमा सरकारले आफ्नो महत्वपुर्ण समय ऐन, नियम तथा कानुन बनाउनमा खर्चिएको उनको भनाई थियो । उनले भनिन्,‘सरकारले यो एक वर्षको महत्वपूर्ण समय मुलुकलाई संघीय संरचनाअनुसार स्थानीय तह र प्रदेशमा लैजाननै समय लागेको थियो, जनताको मौलिक अधिकारको रुपमा ऐन/नियमको निर्माणमा पनि ठुलो सफलता प्राप्त भएको छ ।’ 

null

द्वन्द्वका क्रममा घाईते भएको ४५ हजार पीडितहरुलाई निवृत्तिभरणको प्रक्रिया अगाडि बढाएको स्मरण गराउदै उनले सरकारले अभिभावक गुमाएका बालबालिकालाई हेर्न उचित मापदण्ड बनाउनु पर्नेमा जोड दिईन् । संबिधानलाई कार्यान्वयन गरेरमात्र देशमा नयाँ आयाम ल्याउन सकिने उनको विश्वास छ । 

 

पहाडीले आजको दिनलाई अन्तराष्ट्रिय रुपमा बिभेद र भेदभावरहित दिनको रुपमा मनाउनु पर्नेमा जोड दिइन् । समाज परिवर्तनमा आफ्नो ठाँउबाट सहयोग गर्ने सबैको समान योगदान रहेको स्मरण गराउँदै उनले महिलाहरुले श्रमिकको रुपमा धेरैनै रगत बगाईसकेको पनि स्मरण गराईन् । 

त्यस्तै कार्यक्रममा बोल्दै पूर्वसभासद् तिलक परियारले नारी दिवसलाई महिलाको त्याग र बलिदान स्वरुप पाएको दिनको रुपमा चित्रण गरेका छन । उनले यो दिवसले आफ्नो अधिकारको समान हक, समान कामको समाज ज्याला र महिलाको समान जनसहभागितामा रुपान्तरण गरेको जानकारी गराए । 

 

आजभन्दा १०९ बर्ष अगाडि महिलाहरुलाई भोट गर्न पाउने अधिकार नभएको स्मरण गर्दे बिभेदको अन्त्यको रुपमा आजको दिनलाई महिलाहरुको अधिकार सुनिश्चितताको रुपमा हेर्नुपर्ने उनको धारणा छ । अहिले नेपालमा पनि नारीहरु आफ्नो हक र अधिकारमा सचेत बन्दै गएको उनको दाबी छ । उनले हरेक एक घरबाट नारीको हक–हितमा सोच्न आवश्यक रहेको बताए ।  

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व सांसद् नानीमाया दाहालले महिलाहरुले आफ्नो अधिकारको रुपमा सचेत हुनुपर्ने जानकारी गराईन । जब सम्म समाजले समान हकअधिकारको प्रत्याभुति गराउदैन तबसम्म समानता र अधिकार संविधानमा मात्रै सिमित बन्ने उनको जिकिर छ । 

मुलुक सक्षम र संमृद्ध बन्न नारीको सम्मान रहेको उनको भनाई छ । ‘जुन देशमा नारीको सम्मान हुदैन त्यो देशको बिकास र समृद्धि कल्पना बाहिरको कुरा हो’–उनले भनिन् । उनले नारीलाई पृथ्वीसँग तुलना गरिन् । 

नमुना प्रगतिशिल महिला समाज कंलकी, काठमाडौँले आयोजना गरेको कार्यक्रममा द्वन्द्व पीडित महिला तथा बालबालिकाहरुलाई सम्मान समेत गरिएको थियो । १०९ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उनीहरुलाई शुक्रबार सम्मान गरिएको हो । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा ‘द्धन्दपिडीत महिला तथा बालबालिकाको व्यवस्थापनमा सरकार र नागरिक समाजको भूमिका’ बिषयक अन्तरक्रिया एवम् सम्मान कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरिएको थियो । 

त्यस्तै कार्यक्रमा बोल्दै आयोजक संस्थाकी अध्यक्ष कोपिला कुँवरले आफ्नो संस्था द्वन्द्वको क्रममा परेकाहरुको परोपकारमा लागिरहने विश्वास दिलाईन् । कुँवरले आफू र आफ्नो संस्थाको क्रियाशिल सदस्यहरु जनयुद्वका मारमा परेका नागरिकको समस्या समाधानको निमित्त अहोरात्र सक्रिय रहने पनि जनाईन् । प्रभावितहरुलाई स्वास्थ्य, शिक्षा र आवासमा सहयोग पुर्याउन संस्थाले १५ जना बालबालिकाहरुलाई आवासिय सुबिधासहितको व्यवस्था गरिसकेको उनले बताईन् । 

संस्थाकी सचिव रुकमाया बयलकोटीले संस्थाले द्वन्द्वपीडित महिला तथा बालबालिकाहरुको हक–हितमा रहेर काम गरिरहेको जनाईन् । समाजमा पीडित महिलाहरुलाई पनि राज्यले न्यायपुर्ण रुपमा हेर्नुपर्ने बताउदै उनले संस्थाले द्वन्द्व पीडित महिलाहरुलाई संस्थाले सम्मान गर्न पाउनु खुशीको कुरा भएको प्रतिक्रिया दिईन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *