कम्युनिष्टले कसरी शासन गर्नुपर्छ भरतमोहनले सिकाउनु भयो

 

भरतमोहन अधिकारीसँग मेरो धेरै निकटता रहन त सकेन । तर, पार्टीको काम गर्ने सवालमा जति समय उहाँसँग रहेर काम गरें, मैले धेरै कुरा सिक्ने मौका पाएको छु ।  

उहाँ नेपाली कम्युनिष्ट राजनीतिमा उदाहरणीय राजनीतिज्ञ हुनहुुन्थ्यो । कम्युनिष्टले कसरी शासन गर्नुपर्छ भन्ने कुरा उहाँले सिकाउनु भएको छ । हुने खानेलाई हैन हुँदा खानेलाई पनि हेर्नुपर्छ भन्ने विचार राख्नु हुन्थ्यो ।  

null

बृद्धभत्ता कार्यक्रम, आफ्नो गाउँ आफैं बनाऔं, देश विकासका लागि ९ स उहाँले ल्याएको लोकप्रिय कार्यक्रम हो । उहाँ जतिपटक अर्थमन्त्री हुनुभयो जनताका लागि केहि न केहि नयाँ काम गर्नुभयो ।  

कार्यकर्तासँग उहाँको सम्बन्ध सदैव उच्च रह्यो । उहाँ सामान्य भन्दा सामान्य कार्यकर्ता र जनतासँग घुलमिल हुनुहुन्थ्यो । उहाँ आफ्ना कार्यकर्तालाई जुनसुकै समय र अवस्थामा भेट दिने, कार्यकर्ताका विचार र समस्या सुन्ने गर्नुहुन्थ्यो । सबैलाई सामान्य ब्यवहार गर्नुहुन्थ्यो । जनतासँग कसरी घुलमिल हुने, जनताका मुद्दालाई कसरी बोक्ने उहाँ हरेक कार्यकर्तालाई कुशल नेतृत्व प्रदान गर्न सक्षम हुनुहुन्थ्यो । 

 

अहिलेको नयाँ पुस्ताले उहाँबाट सिक्न सक्ने धेरै कुराहरु छन् । शालिनता, इमान्दारिता, धैर्यता उहाँका गुण हुन् । अहिलेका पुस्ताहरु राजनीतिमा आउने वित्तिकै जिल्ला, क्षेत्र, केन्द्रमा पद खोज्छन् । पार्टीमा प्रवेश गरेर संगठित सदस्यता लिन पाएको हुँदैन उनीहरुलाई सांसद र पद चाहिन्छ । 

भरतमोहन अधिकारीको जिवनीबाट राजनीति गर्दा धैर्यता कायम गर्नुपर्छ, इमान्दारिता हुनुपर्छ, अनुशासन हुनुपर्छ, त्याग गर्न सक्नुपर्छ भन्ने कुरा सिक्न सकिन्छ । यसका अलावा आर्थिक क्षेत्रमा देशलाई कसरी अगाडी बढाउनु पर्छ उहाँले आफ्नो कार्यकालमा देखाउनु भएको छ ।  

उहाँ बृद्धावस्थामा प्रवेश गरेपनि पार्टी र देशकालागि उत्तिकै सक्रिय हुनुभयो । पदमा रहेर मात्र हैन नरहेरै पनि उहाँ सक्रिय हुनुहुन्थ्यो । विरामी पर्दै पुनः ठिक हुँदै पनि उहाँ पार्टीका लागि सक्रिय हुनुभयो । त्यस कारण अहिलेका पुस्ताले यस्ता ब्यक्तित्वलाई सदैव अनुशरण गर्न आवश्यक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *