होलीलाई मर्यादित बनाउन प्रहरीको विशेष योजना लागु

काठमाडौं, ६ चैत्र । ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने सुरू गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बुधबार होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो । 

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको चलाइएको जानकारी दिए । 

 

null

होलीलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाउन लागेका छौं, उनले भने । बिहान सातदेखि बेलुका सात बजेसम्म गर्ने सो कामका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुगमन, १९ वटा मोबाइल टोली र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरिने महाशाखाका प्रमुख पन्थले बताए । 

 

सवारी साधन प्रयोग गरी लोला हान्नेलाई नियन्त्रणमा लिई कारवाही गर्नुका साथै होलीमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरिए अनुसार बिहान देखि सडकमा अप्रेसन सुरू गरिसकेको महानगरीय ट्राफिक प्रहरी कंलकीका प्रमुख केशव राज भट्टले बताए । नागढुङ्गा नाकाका प्रमुख हरि भट्टराईले महाशाखाको योजना मुताविक नाका देखिनै ट्राफिक अनुगमन विहान ७ बजे देखि सुरू गरिएको र होलीलाई सुरक्षित बनाउन आफुहरू तयार रहेको बताए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *