एनआईसी एशियाद्वारा दोस्रो वार्षिकोत्सवको अवसरमा विशेष छुटको योजना

 

फागुन २२, काठमाडौँ । एनआईसी एशिया क्यापिटलले आफ्नो दोस्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहाकहरुका लागि आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ । 

आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय सेवा मार्फत् लगानीकर्ताहरुलाई पुँजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आईरहेको एनआईसी एशिया क्यापिटलले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा विशेष छुटको योजना अघि सारेको हो । 

null

उक्त योजना अन्तर्गत एन आई सी एशियाको डिम्याट खातामा मिति ०७५ फागुन २२ देखि चैत ६ सम्मका लागि पूर्ण रुपमा निःशुल्क गरिएको छ भने एक महिनाका लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५०५ छुटको व्यवस्था गरिएको छ । 

डिम्याट खाता सँगै एनआईसी एशिया क्यापिटलले पुँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा बिक्रीप्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता लगायतका सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *