सांसद रेशम चौधरीसहित ११ लाई जन्मकैद (नामावलीसहित)

 

फागुन २२, काठमाडौँ । टीकापुर हत्याकाण्डमा मुख्य आरोपी राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । 

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले चौधरीसहित ११ जना प्रतिवादीहरु  हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैदको सजाय सुनाएको हो ।  

null

यस्तै प्रतिवादीहरु लक्ष्मण थारु चौधरी, लाहुलाम चौधरी रामकुमार कठरिया सन्तराम चौधरी,  विश्रम  भन्ने जीतबहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दील बहादुर चौधरी, सन्तोष थारु चौधरी, विश्राम चौधरी तुलसी राम चौधरी र रामप्रसाद चौधरीलाई ३ वर्ष कैदको सजाय सुनाइएको छ । यी प्रतिवादीमध्ये शून्यराम चौधरी फागुन ३० रिहा हुने फैसलामा उल्लेख छ ।  

घटनामा संलग्न एक नावालकलाई भने ६ महिना कैद सजाय सुनाइएको छ। घटना लगत्तै कारागारमा रहेका लक्ष्मण थारुलाई ३ वर्ष कैद सजाय भएको छ। उनी तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुनेछन्। 

मुख्य आरोपित मानिएका रेसम चौधरी घटनापश्चात् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि कारागारमै छन्। उनलाई निर्वाचित भएको एक वर्षपछि शपथ गराइएको थियो। शपथ लिए पनि अब उनले सांसदको हैसियतले कुनै पनि काम गर्न पाउने छैनन्। 

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार रहेका चौधरीले राजपाबाट उम्मेद्वारी दिएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। 

प्रहरीले घटनामा संलग्न भन्दै २७ जनालाई पक्राउ गरेको थियो। 

२०७२ भदौ ७ गते टीकापुरमा थरुहटरथारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी दुई वर्षीय नाबालक टेकेन्द्र साउद र ८ प्रहरीको ज्यान गएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *