आज शनिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार हुनेछ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर-छिमेकमा असमझदारी बढ्नेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अरूका काममा समय बित्न सक्छ । चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन् । प्रयत्न गर्दा केही काम बन्नेछन् । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन् । धर्मकर्म र सेवामूलक काममा मन रमाउनेछ ।सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कमजोरीका बाबजुद कष्टसाध्य काममा जुट्नुपर्ला ।कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य-चिन्ताले सताउला । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्लान् । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्यमा पुगिनेछ ।मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । विचारले धेरैलाई आफ्नो प्रभावमा ल्याउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्नेछ ।मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । महत्त्वाकांक्षी कार्य प्रारम्भ होला । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सुन्दर पहिरन र लगनशीलताले व्यक्तित्वमा निखारता आउनेछ । काम पूरा हुनाले समय फुर्सदिलो रहनेछ । नेपाली पात्रो








