एक महिना अघि नै मनाइसकिएको ग्याल्पो ल्होसारको शुभकामना आज

 

फागुन २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको एक महिनापछि यस पर्वको शुभकामना आज दिएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा एक शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले लेखेका छन्, ‘शेर्पा समुदायले मनाउँदै आएको ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ 

null

तर शेर्पा समुदायले माघ २२ गते नै ग्याल्पो ल्होसार मनाइसकेको छ । यो वर्ष शेर्पा समुदायको ग्याल्पो ल्होसार र तामाङ समुदायको सोनाम ल्होसार एकैदिन परेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =