वीपी प्रतिष्ठानमा मनोचिकित्सक संघको सातौं सम्मेलन हुँने

फागुन २२, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोचिकित्सक संघको सम्मेलन हुने भएको छ । भोलीबाट प्रतिष्ठानमा मनोचिकित्सक संघको सातौं सम्मेलन हुने भएको हो ।  

आज प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी सोको जानकारी दिइएको हो ।  

यस अघि सन् १९९८ मा संघको पहिलो सम्मेलन पनि प्रतिष्ठानमा भएको थियो । आयोजक संघका सम्मेलन आयोजक समिति अध्यक्ष प्रा.डा. बैकुण्ठराज अधिकारीले २ दिन सम्म चल्ने सम्मेलनमा मानसिक स्वाथ्य सम्बन्धीका विभिन्न अध्ययन, अनुसन्धान, कार्याशाला, गोष्ठीलगायत कार्यक्रम हुने बताए ।  

null

सम्मेलनको नारा ‘बद्लिदो विश्व परिबेशमा मनोचिकित्साका विविध आयाम’ रहेको छ । कार्यक्रममा विश्वका उत्कृष्ट १५० मनोरोग विशेषज्ञहरुको सहभागीता रहने छ । अस्टे«लियाका मनोरोग विशेषज्ञ प्रा.डा. महन आइज्याकको मुख्य प्रस्तुती रहने बताइएको छ । 

 

यसका साथै भारतबाट प्रा.डा. टिएस रावल, प्रा.डा. डा. अजय, डा. सुधिरकुमार खण्डेउला नेपालकै बरिष्ठ मनोचिकित्सा विद डा. देषराजबहादुर कुँवरलगायतले बदलिँदो परिबेशमा मनोचिकित्सा परामर्शबारे विशेष प्रस्तुती दिनेछन् । 

पत्रकार सम्मेलनमा बोल्दै मनोचिकित्सक डा. धनरत्न शाक्यले सम्मेलन अवधि भरमा मानसिक स्वास्थ्य चुनौती र मानसिक समस्यालाई बदलिँदो परिस्थितिसँगै निकालिने उचित उपाय, लागुपदार्थ, संगीत र मानसिक स्वास्थ्यबारे छलफल गरिने जानकारी दिए ।  

नेपालको जनसंख्याको झण्डै एक चौथाईमा कुन न कुनै मानसिक समस्या भोगीरहेको समाजलाई जनचेतना जगाउने र मनोचिकित्सा क्षेत्रमा नयाँ आयामको खोजी गर्ने उद्देश्यले सम्मेलन गरिएको बताइएको छ ।  

नेपालमा एक जना मनोचिकित्सकले १ लाख ८३ हजार ९ सय ८६ जनाको मानसिक समस्या हेर्नु पर्ने अवस्था छ । संघमा आवद्ध मनोचिकित्सकहरु कुल १ सय ४४ जना मात्र छन् । कार्यक्रमको उद्घाटन प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *