प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान

 

चैत ६, काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज दिउँसो थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेका छन् । 

आगामी बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन उनीसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सोमेश थापालगायत प्रस्थान गरेका हुन् । 

null

बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच आतङ्कवाद, लागुऔषध, हातहतियार, मानव बेचबिखनजस्ता अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सदस्य राष्ट्रको शान्ति सुरक्षाका विषयमा भए गरेका गतिविधिको अनुभव आदानप्रदान र विपद् व्यवस्थापनका विषयमा समेत छलफल हुने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

तीन वर्षदेखि वार्षिकरुपमा बिमस्टेक सुरक्षा अधिकारीको बैठक हुँदै आएको छ । प्रहरी महानिरीक्षक खनाल यही चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ । नेपालसहित थाइल्याण्ड, भुटान, भारत, बङ्गलादेश, श्रीलङ्का र म्यान्मा बिमस्टेकका सदस्य राष्ट्र हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =