वीपी प्रतिष्ठानमा भएको अनियमितता छानविन गरी कारवाही गर्न अख्तियारलाई पत्र

 

फागुन २९, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता छानविन गरी कारवाही गर्न स्वास्थ्य मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । 

उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रतिष्ठानमा भएको अनियमितताका बारेमा छानविन गरी कार्वाही प्रक्रिया अघि बढाउन मन्त्रालयले आयोगलाई पत्राचार गरेको छ । 

null

पत्रमा प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि आयोगलाई आग्रह गरिएको छ । मन्त्रालय स्रोतका अनुसार उक्त पत्रमा अख्तियारले तत्कालै एक्सन लिने बताईएको छ । 

प्रतिष्ठानमा बिगतदेखि भएका अनियमितताका सम्बन्धमा मकालु खबरले निरन्तर समाचार फलोअप गरिरहेको थियो । त्यसपछि सरकारले अनियमितता छानविनका लागि दुई वटा छानविन समिति समेत गठन गरेर प्रतिवेदन तयार पार्दै प्रतिष्ठानको ४२ औं सिनेटबाट उपकुलपति डा. राजकुमार रौनियारलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । 

सिनेटले उपकुलपतिलाई बर्खास्त गर्न सिफारिस गरेपनि प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट निर्णय सदर भइसकेको छैन । 

स्रोतका अनुसार प्रधानमन्त्रीले आज भोली भित्र सिनेटको निर्णयहरु अध्ययन गरेर बर्खास्तको निर्णयमा हस्ताक्षर गर्नेछन् । फागुन १६ र १७ गते बसेको प्रतिष्ठानको ४२ औं सिनेटले उपकुलपतिले पदीय दायित्व वहन नगरेको, प्रतिष्ठानमा निर्माणाधिन भवन, खरिद गरिएका उपकरण आदिमा चरम भ्रष्टाचार गरेको भन्दै बर्खास्त गर्न सिफारिस गरेको थियो । 

गत फाल्गुन १६ र १७ गते प्रधानमन्त्री कार्यालय वालुवाटारमा बसेको प्रतिष्ठानको ४२ औं सिनेटले ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९’ को दफा ११ (घ) बमोजिम पदमा रही कार्य गर्न अयोग्य ठहर्याएर बर्खास्त गर्न प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति के पी शर्मा ओली समक्ष सिफारिस गरिएका उपकुलपति डा. रौनियारले पूनः आफ्नो कार्यालयमा बसेर करोडौ भुक्तानी गर्न थालेका छन् । 

प्रधानमन्त्री तथा कुलपति ओलीले प्रतिष्ठान ऐनको ११ (घ) वमोजिम सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा गठित छानविन समितिले उपकुलपति रौनियार करोडौं भ्रष्टाचार तथा अनियमित कार्यमा संलग्न भएको पुष्टी सहित निजलाई वर्खास्त गर्न कुलपति समक्ष सिफारिस गरेको थियो । 

छानविनको क्रममा समेत दैनिक कार्य सञ्चालन वाहेक अन्य कार्य नगर्न स्वास्थ्यमन्त्रीले दिएको निर्देशन उल्लङ्घन गर्दै उनले करिव ६ करोड भुक्तानी गरेका थिए । 

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ६ महिना अघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्त गर्न ३ जनाको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरे । प्रधानमन्त्रीले आजका मितिसम्म सो नियुक्ति गरेका छैनन् । त्यस्तै स्वास्थ्य मन्त्री यादवले गत फाल्गुन १६ गते वीपी प्रतिष्ठानको सिनेट सम्पन्न गराई उपकुलपति डा. रौनियारलाई वर्खास्त गर्न प्रधानमन्त्री समक्ष सिफारिस गरे । सो सिफारिस समेत प्रधामन्त्रीले च्यापेर राखेका छन् । 

प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य सँग डा. रौनियारको साँठ्गाँठ र नेकपा नेता नारायण काजी श्रेष्ठको जोड बलले डा. रौनियार वर्खास्त हुनबाट जोगिएको श्रोत बताउँछ । 

स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई उपप्रधान तथा स्वास्थ्यमन्त्रीको पद यतिबेला ‘खाउँभने दिनभरीको शिकार…. नखाउँ भने….’ जस्तो भएको छ । उनी स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्न खोज्छन्, तर उनलाई रोकि दिन्छन् प्रधानमन्त्री । संभवतः मन्त्रइ यादव उपप्रधानमन्त्री भएर पनि यतिसारो कमजोर र निरिह पहिलो पटक भएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *