डर, धम्की देखाएर लाखौँ ठगी र जबरजस्ती करणी गर्ने ‘नक्कली’ पत्रकार पक्राउ

 

चैत १५, दाङ । डर, धम्की देखाएर लाखौँ रुपैयाँ ठगी र जबरजस्ती करणी गरेको अभियोगमा एक नक्कली पत्रकार पक्राउ परेका छन् । 

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ बेलनगरका महेश भनिने भुवन धिताललाई पीडितहरुको बयानका आधारमा प्रहरीले दाङ र बाँकेको सिमानाबाट पक्राउ गरेको हो । 

null

प्रहरीले पक्राउ परेका धितालको साथबाट जलजला अनलाईनको पत्रकार परिचय पत्र एक थान, २ थान मोबाईल, बा१५च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कुटी, ८२ थान चेक, १ करोड २४ लाखको तमसुक रकम, १ करोड ६९ लाखको चेक रकम, ४ वटा ढुकुटी खेलाएको रजिष्टर, १ थान ब्रासलेट, एक थान घडि बरामद गरेको छ । 

धितालले पत्रपत्रिकामा छपाइदिन्छु भन्ने, श्रीमान् विदेश गएका तथा शैक्षिक स्तर कम भएका महिलालाई धम्क्याएर ठगी गर्ने, यौन शोषण गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *