जेसिजको होली विशेषमा थारु समुदायको संस्कृति प्रर्दशन

चैत ७ गते । होलीको अवसरमा बुधवार चितवनको खैरहनी पर्सामा थारु समुदायले आफ्नो कला तथा संस्कृति प्रर्दशन गरेका छन् । पर्सा खैरहनी जेसिजले फागु पुर्णिमाको अवसरमा थारु समुदायले कला, संस्कृति प्रर्दशन गरेका हुन् । 

बुधवार पहाडी जिल्ला तथा विहीवार तराईका जिल्लामा फागु मनाईने भएतापनि चितवनमा दुई दिननै मनाईन्छ । यसै अवसरमा खैरहनी नगरपालिकाका विभिन्न वडाबाट आआफ्नो भेषभुषामा सजिएर आएका थारु समुदायले कला संस्कृति प्रस्तुत गरेका हुन । उनीहरुले डम्फु,लठ्ठी नाच,कौडा नृत्य लगायत कला प्रस्तुत गरेका थिए । 

 

null

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले नगर भित्र रहेका सम्पुर्ण जातजातिको उत्थानका लागि नगरपालिकाले समान व्यवहार गर्दै कार्यक्रम तथा योजना संचालन गरिरहेको बताए । 

पर्सा खैरहनी जेसिजका अध्यक्ष शंकर कडेंलको अध्यक्षतामा कार्यक्रम भएको थियो । यसैबीच फागुको पहिलो दिन चितवनमा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले जिल्लामा विषेश सुरक्षा अपनाएकाले कुनै घटना हुन नपाएको प्रहरीको दावी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =