पूर्व एसपी विष्टसँग अदालतले माग्यो साढे १० लाख धरौटी
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
चैत १०, धनगढी । कञ्चनपुरका पूर्व एसपी डिल्लीराज विष्टसँग साढे १० लाख धरौटी माग गरिएको छ ।
निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरी प्रमाण नष्ट गरेको आरोपमा मुद्दा खेपिरहेका एसपी विष्टसँग अदालते साढे १० लाख धरौटी माग गरेको हो ।
null
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले धरौटी रकम बुझाएर उनी रिहा हुन पाउने फैसला सुनाएको हो ।
बिष्टलाई प्रमाण नष्ट पारेको मुद्दामा ४ लाख ५० हजार धरौटी तोकिएको छ भने यातना दिएको मुद्दामा ६ लाख तोकिएको छ ।
अदालतको फरार सूचिमा रहेका एसपी विष्ट चैत ५ गते अदालत हाजिर भएका थिए । विभिन्न आरोप लागेका अन्य ६ जना प्रहरी भने अदालतमा उपस्थित भई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिइसकेको छ।
गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गर्दै ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)