गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को प्रदेश अधिवेसन हुँदै 

 

चैत्र ११, धरान । गोपाल किराती नेतृत्व रहेको नेकपा (माओवादी केन्द्र) सरकार बिरुद्ध आन्दोलनमा होमिने भएको छ । पार्टी प्रदेश नं १ कमिटीको आज सोमबार सम्पन्न बैठकले बिप्लव माओवादीलाई राजनीतिक व्यवहार गरी सो पार्टी माथी लगाएकाे प्रतिबन्ध खारेज गरी वार्ता र सम्वादबाट समाधान निकाल्न आह्वान गर्दै सरकार बिरुद्ध आन्दोलनमा होमिन सबैलाई आह्वान समेत गरेको हो । 

बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका प्रदेश नं १ का अध्यक्ष बिमल निरौलाले सिके राउतसँग सरकारले गरेको सम्झौता देशलाई बिखन्डन तर्फ लान सहयोग गरेकोले सो सम्झौता खारेजीको माग गरे । उनले राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन पनि नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । भने, गैह्र नेपालीलाई नागरिकता प्रदान गर्न सहज हुने नागरिकता विद्येयक खारेजीको माग गरे । 

null

पार्टीले नेपालको हित बिपरित अमेरेकी साम्राज्यवादी मुलुकको स्वार्थ अनुकुल हुने गरी ईण्डो प्यासिफिक कमाण्डका महत्वपुर्ण भूमिका रहने भनी गरिएको सम्झौता खारेजीको माग गर्दै मुलुकमा भईरहेकाे भ्रष्टाचार र लुटतन्त्र तथा कुशासनको बिरुद्ध देशव्यापी अभियान समेत सञ्चालन गर्ने बताईएको छ । त्यस्तै पार्टीले राट्रिष्यता, जनतन्त्र र जनजीविकाको ग्यारेन्टीका लागी संर्घषका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गर्नुका साथै अग्रगमन पक्षधार क्रान्तिकारी शक्तिहरुलाई सहकार्य र एकताका लागी अपिल पनि गरेको सम्मेलनमा निरौलाले जानकारी दिए । 

 

यसैबीच सोही बैठकले १ नं प्रदेशका बिभिन्न भूगोलमा रहेका पार्टीका नेतृत्वहरुलाई समेत बिभिन्न स्थानमा जिम्मेवारी समेत सुम्पेको छ जहाँ झापाको समन्वयकर्तामा डम्बर सुब्बा र ईन्चार्जमा दिपेन गोम्देन, मोरङमा समन्वयकर्तामा सुरेन्द्र कटुवाल, प्रकाश राई ईन्चार्जमा केशव अधिकारी, सुनसरीको समन्वयकर्तामा लिला खड्का (मिलन)  ईन्चार्जमा लक्ष्मण कार्की र संम्योजकमा जुडीलाल मोचीलाई दिईएको छ । 

त्यस्तै धनकुटा ईन्चार्जमा गंगाराम गोम्देन, भोजपुरमा ईन्चार्जमा किरण बान्तावा, ईलाको अमर लिम्बु पाँचथरमा लिला लिम्बु, खोटाङमा धनबहादुर लिम्बु, ताप्लेजुङमा अप्सरा बानिया निरौला, संखुवासभामा कंचन दाहाल रहेका छन भने , उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुममा भने प्रदेश कार्यलयले नै समन्वय गर्नेछ । 

त्यसैगरी प्रदेश जनवर्गिय संगठनको जिम्मेवारी अर्न्तगत युवा प्रदेश सम्योजकमा केशर लिम्बु, विद्यार्थी सम्योजक ओम प्रकाश खड्का, सुकुम्बासी सम्योजक जुडीलाल मोची, महिला प्रदेश सुम्योजकमा अप्सरा बानिया निरौला , सहिद घाईते अपाङ तथा बेपत्ता प्रदेश सम्योजक कंचन, किरात राष्ट्रिय मुक्ति मोर्चा प्रदेश सम्योजकमा केन्द्रीय महासचिव किरण राई, मुस्लीम राष्ट्रिय मुक्ति मोर्चामा लुकमान मनसुर र कोचिला र थारुवान राट्रिय मुक्तिमोर्चामा नारायण राजवंशीलाई चयन गरेको सो पार्टीका केन्द्रीय उपाध्यक्ष तिलक थापामगरले जनाएका छन । 

पार्टीेका अध्यक्ष गोपाल किरातीले महाधिवेशनको तयारीका लागि यही पुस ११ गतेबाट २५ गतेसम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसेको छ भने सोही निर्णय अनुसार नै अधिवेशन सम्पन्न हुँदै आएको पार्टीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *