क्याम्पसबाट उठाएको रकम अशक्त जैसीको परिवारलाई सहयोग

कैलाली, ३० फागुन । जन्मजात पूर्ण रुपमा अशक्त कैलालीको बर्दगोरिया गाउँपालिका–१, कट्टीपुरका २६ बर्षिय सदू जैसीका परिवारलाई सहयोग गरिएको छ । काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस युथ सर्कलमा आवद्ध विद्यार्थीहरुले विभिन्न क्याम्पसबाट उठाएको रकम जैसीका परिवारलाई हस्तान्तरण गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका सांसद डा रणबहादुर रावलले नगद ३२ हजार सात सय ७ रुपैयाँसहित लत्ताकपडा, बेड बिस्तरा, खटिया जैसीका परिवारलाई हस्तान्तरण गरे ।सहयोग हस्तान्तरण गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावलले पढाईको शिलशिलामा बाहिर रहेका बिद्यार्थीलाई पढाई खर्च जुटाउन समस्या परिरहेको बेला शारीरिक रुपमा अशक्त गरिव परिवारलाई काठमाडौबाट गरिएको सहयोगको प्रशंसा गरे ।
null
शंकरदेव क्याम्पस युथ सर्कलका अध्यक्ष भिमेश रिमालको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलराम डगौरा थारु, सहारा घर बौनियाका अध्यक्ष बलबहादुर बिष्ट, बौनिया जेसिजका अध्यक्ष धिरज साउँदले विद्यार्थीले गरेको कामको सहना गरेका थिए ।
काठमाडौका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट उठाईएको ६० हजार चार सय सात रुपैयाबाट जैसीको घरमा वाईरिङ, बिजुली जडान, पंखा जडान तथा जैसीका लागि बेड बिस्तरा, लत्ता कपडा, खटिया खरिदबाट बचेको रकम नगद ३२ हजार सात सय ७ रुपैया हस्तान्तरण गरिएको हो ।
यसरी भयोे सहयोग रकम संकलनकैलालीको टीकापुर निवासी भिमेश रिमाल शंकरदेव क्याम्पस काठमाण्डौमा स्नातक तहमा अध्ययनरत छन् । विदाको समय घर कैलालीको टीकापुर आएका रिमाल मामा घर बर्दगोरिया गाउँपालिका–१, कट्टीपुर पुगेका थिए ।
गाउँमा घुम्दै जाँदा रिमालको आँखा २६ वर्षिय सदू जैसीमा प¥यो । जन्मजात शारीरिक रुपमा पूर्ण रुपमा अशक्त जैसीलाई देखेपछि उनले आफूसंग भएको कपडा र पकेट खर्च बाफत आमाले दिएको रुपैया सदूका आमालाई दिए । त्यतिले चिक्त नबुझेपछि रिमालले मोवाईलमा सदूको भिडियो कैद गरेर काठमाण्डौ फिर्ता भए ।
सामाजिक सञ्जालमा भिडियो हालेपछि साथीहरुले सहयोग गर्ने बाँचा गरे । त्यसपछि उनले शंकरदेव क्याम्पसमा आफैसंग अध्ययनरत साथीहरु भेला गरेर शंकरदेव क्याम्पस युथ सर्कल गठन गरे । युथ सर्कल गठन गरेर उनले सहयोगको लागि ब्यानर बनाएर साथीहरु जम्मा गरेर क्याम्पस–क्याम्पस पुगेर रकम संकलन गरेका थिए ।








