म्यानमारमा बारुदी एम्बुसमा पारी दुई जना प्रहरीको हत्या
मकालु खबर
२०७५ फागुन १८ गते
फागुन १७, याङ्गुन । म्यानमारको राखिन राज्यमा त्यहाँको एक सशस्त्र विद्रोही समूहले बारुदी एम्बुसमा पारी दुई जना प्रहरीको हत्या गरेको छ ।
राखिन राज्यको पोन्नाग्युन शहरमा अराकन आर्मी (एए) नाम गरेको सशस्त्र समूहले एम्बुसमा पारेर दुई जना प्रहरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
म्यान्मारको थान्डवेबाट सितवेतर्फ गइरहेका प्रहरीका चार ओटा सवारी साधनलाई लक्षित गरी उक्त समूहले बारुदी एम्बुसमा पारेको थियो ।
null
प्रहरीले उक्त समूह विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ । म्यान्मार सेनाले राखिनमा सक्रिय एए विद्रोही विरुद्ध आक्रामक कारबाही गरिरहेको छ । पछिल्लो पटक भएको कारबाहीमा सेना र विद्रोही दुबैतर्फ क्षति भएको सेनाले जनाएको छ ।
मकालु खबर
२०७५ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित