निर्मला हत्या प्रकरणः दिलिपसिंह विष्ट नै हुन् त दोषी ? (भिडियोसहित)

 

                                                                                       फाइल फाेटाे 

चैत ३, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । 

null

घटना भएको ८ महिना बितिसक्दा पनि दोषी पत्ता लाग्न नसकिरहेका बेला निर्मला पन्तकी आमाले बयान फेरेपछि यसमा नयाँ ट्वीस्ट आएको हो । 

निर्मलाकी आमा दुर्गादेवीले यसअघि नै पक्राउ परि छुटिसकेका दिलिपसिंह विष्टमाथि आशंका गरेकी छिन् । यसअघि स्थानीयवासी र मानव अधिकारकर्मीहरुले मानसिक सन्तुलन ठिक नभएका दिलिप विष्ट दोषी हुनै नसक्ने जिकिर गर्दै आएका थिए । यसमा निर्मलाका बाबु आमा पनि सहमत भएका थिए । 

तर अहिले निर्मलाकी आमाले घटनाको अनुन्धानका क्रममा केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जीसीले कैद गरेको भिडियो हेरेपछि आफूलाई पनि दिलिपले नै बलात्कार गरी हत्या गरेको हुनसक्ने बताएकी छिन् । ‘४–५ दिन जति भयो, त्यो भिडियो हेरेको । भिडियो र त्यसको गतिविधि हेरेपछि मलाई अहिले त्यसैले मेरो छोरीको हत्या गरेको हो कि जस्तो लागेको छ,’ उनले भनिन्, ‘दिलिपको घरका मान्छे पनि त्योसँग डराउँदा रहेछन् । उसैका भाउजु भतिजीहरु पनि ऊबाट पीडित रहेछन् । उनीहरुले आफूहरु नै आफ्नी छोरी पनि कतिबेला त्यसले बलात्कार गर्ने हो भनेर त्यो मात्र भएका बेला डर त्रासमा हुन्छौँ भनेका छन् ।’ 

 

विष्टलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक नै गरिएपनि कसैले प्रहरीको विश्वास गरेका थिएनन् । अन्तमा निर्मलाको शवबाट निकालिएको भजाइनल स्वाबसँग उनको डिएनए म्याच नभएपछि उनी हाजिरी जमानीमा छुटेका थिए । डिएनए टेष्टमा त्रुटि भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेपछि यस सम्बन्धी छानविन गर्न गठन भएको ४ सदस्यीय समतिले पनि डिएनए संकलन गर्दादेखि ल्याब सम्म लापरवाही भएको प्रतिवेदन पेश गरेको थियो । 

पक्राउ परेका विष्टले आफूले नै बलात्कार गरी हत्या गरेको भनी स्वीकारेका पनि थिए । उनले अपराध स्वीकारेका भिडियोहरु पनि सार्वजनिक भएका थिए । उनको बयान र सीआइबीको बयान पनि मिल्न गएको थियो । स्थानीयवासी र मानव अधिकारकर्मीहरुले दिलिप विष्टको मानसिक सन्तुलन ठिक नभएका कारण उनैलाई फसाइएको भन्दै आन्दोलन थालेपछि देशैभर यो घटना चासोको विषय बनेको थियो । 

यस घटनालाई लिएर सरकारको पनि व्यग्र आलोचना भइरहेको छ । देशैभरी सर्वसाधारण देखि लिएर विद्यार्थी, मानव अधिकारवादी, राजनीतिक पार्टीका दलहरु लगायतले आन्दोलन गरेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा समेत माग गरिएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यस घटनालाई सरकारले गम्भीर रुपमा हेरेको र छिट्टै अपराधी पत्ता लगाउने दावी गर्दै आएपनि अझैसम्म दोषी पत्ता लाग्न सकेको छैन । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *