निर्मला हत्या प्रकरणः १० लाख धरौटी बुझाएर रिहा भए पूर्व एसपी विष्ट

 

चैत १०, काठमाडौँ । कञ्चनपुरका पूर्व एसपी डिल्लीराज विष्ट १० लाख धरौटीमा रिहा भएका छन् । 

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरी प्रमाण नष्ट गरेको आरोपमा मुद्दा खेपिरहेका एसपी विष्ट आइतबार १० लाख धरौटीमा रिहा भएका हुन् । 

null

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले धरौटी रकम बुझाएर उनी रिहा हुन पाउने फैसला सुनाएको थियो । 

बिष्टलाई प्रमाण नष्ट पारेको मुद्दामा ४ लाख ५० हजार धरौटी तोकिएको छ भने यातना दिएको मुद्दामा ६ लाख तोकिएको हो । 

अदालतको फरार सूचीमा रहेका एसपी विष्ट चैत ५ गते अदालत हाजिर भएका थिए । विभिन्न आरोप लागेका अन्य ६ जना प्रहरी भने अदालतमा उपस्थित भई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिइसकेको छ। 

गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गर्दै ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *