कतारमा अन्तर्राष्ट्रिय स्तरको व्यापार सम्मेलन हुँदै, नेपाल लगायत आठ राष्ट्रको सहभागिता

 

चैत्र १४, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सम्मेलन नेपालको आयोजनामा नेपालल गायत विश्वका आठ वटा राष्ट्रको सहभागिताम अन्तर्राष्ट्रिय स्तरको व्यापार सम्मेलन हुने भएको छ । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराइएको हो । उक्त सम्मेलन कतारमा हुन गैरहेको आयोजकले जनाएको छ । आगामी २८ अप्रिल देखि मे १ सम्म हुने उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले बताएको छ । 

null

नेपालबाट उक्त सम्मेलनमा भाग लिने प्रतितिधिहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको पनि आयोजकले जनाएको छ । नेपाली उत्पादनलाई विश्वस्तरमा चिनाउने एक अवसरको रुपमा रहेको उक्त सम्मेलनमा नेपालबाट साना तथा मझौला व्यवसायीहरुले सहभागिता जनाउँन सक्ने पनि आयोजकले स्पष्ट पारेको छ । कार्यक्रममा बोल्दै कतारबाट आएका प्रतिनिधी मोहमोद साजरदिनले उक्त व्यापार सम्मेलनबाट नेपालको व्यवसाय बिस्तारमा ठुलो योगदान पुग्ने अपेक्षा रहेको विश्वास दिलाए । 

कतार आफैंमा व्यापार तथा लगानीका लागि उपयुक्त देश रहेको भन्दै उनले नेपालमा उत्पादन भएका वस्तुलाई विश्वसामु चिनाउन उक्त सम्मेलन सुनौलो अवसर भएको पनि स्पष्ट पारे । उनले भने,‘ग्लोबल नेटवर्क अफइम्पोईको रुपमा हामीले व्यवसायको अवधारणा ल्याएका हौं । कतारमा रहेर नेपालीहरुले पनि आफ्नो व्यवसायको बिस्तार गर्न सक्ने छन् ।’ 

अहिले कतारमा ब्यापारको ठुलो हिस्सा रहेको बताउँदै उनले यस्ता कार्यक्रमबाट दुई देश बीचको व्यापार–व्यवसाय बिस्तारमा समेत महत्व राख्ने उनको धारणा थियो ।त्यस्तै कार्यक्रममाबोल्दै राष्ट्रियसभाका सदस्य अगम कुमार बान्तवाले सम्मेलनबाट नेपालले ठुलो लाभ लिन सक्ने जनाए । अहिले देशमा लगानी सम्मेलनको आयोजना हुन गैरहेको बताउदै उनले यस्ता सम्मेलनबाट विदेशी रकम भित्र्याउन सहयोग पुग्ने पनि जनाए । 

उनले थपे,‘हाम्रो देशमा निर्यात गर्न सकिने थुप्रै बस्तुहरु छन्, निजी क्षेत्रको सहयोगबाट पुँजी आयातको लागि यो सम्मेलनको सेढुङगा सावित हुनेछ । अहिले विदेशी राष्ट्रहरुले नेपालमा लगानीको उपयुक्त वातावरण खोजिरहेका छन् ।’ उनले व्यापारबाटै देशले परिवर्तनको मुहार फेर्न समेत सहयोग पुग्ने उनको भनाई छ । 

त्यस्तै कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय व्यापार सम्मेलन नेपालका अध्यक्ष रबिन घिमिरेले उक्त सम्मेलनमा नेपाल सहित आठ ओटा राष्ट्रहरुको सहभागिताबारे जानकारी गराए । कतारको राजधानी दोहामा हुने उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले नेपालमा उत्पादन भएका कफी, चिया, अलैंची लगायत वस्तुहरु निर्यातको वातावरण बनेकोबारे प्रष्ट पारेका छन । 

सम्मेलनले नेपाली लगानी कर्तालाई पनि कतारमा लगानीको वातावरण बनाउने विश्वास ब्यक्त गरे । देशमा अहिले बेरोजगारीको समस्या यथावत रहेको बताउदै उनले सम्मेलबाट धेरैभन्दा धेरै नेपालीहरुले लाभ उठाउन सक्नेजिकिर गरे ।  

त्यस्तै कार्यक्रममा बोल्दै सुप्रिम सेक्योरिटीका प्रबन्धनिर्देशक बेनुप राजभण्डारीले नेपालीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा व्यापार विस्तार गर्न नौलो अवसर भएको बताए ।विभिन्न देशहरु बीच व्यापार स्थापना गर्न यस्ता सम्मेलनले टेवा पुग्ने भन्दै उनले नेपालीहरु आयातमा मात्र सिमित नरहेर निर्यातमा सवल छन भन्ने देखाउन यस्ता सम्मेलनको अग्र भुमिका रहने स्पष्ट पारे ।  आफुहरुको यो पहिलो प्रयास भएको भन्दै उनले नेपाल सरकारको औद्योगीकरण नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रको भुमिका पुर्याउन सहयोग पुर्याउने दाबी गरे ।  

पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिँदै गुरु भण्डारीले नेपालमा लगानी भित्र्याउनका लागि उक्त सम्मेलन फलदायी हुने विश्वास दिलाए । देशमा अहिले कृषि पर्यटन, जलबिद्युत लगायत क्षेत्रमा पुँजी आवश्यकरहेकोे भन्दै उनले लगानी भित्र्यान समेत आफ्नो पहल रहेको समेत बताए । विदेशी लगानी स्वदेशमा भित्र्याउँदा देशको प्रमुख युवा शक्तिलाई स्वदेशमै रोजगारीको वातावरण निर्माणमा यस्ता सम्मेलनहरुको भुमिका महत्वपुर्ण रहने उनले स्पष्ट पारे । 

सम्मेलनमा भारत, सिंगापुर, मलेसिया, फिलिपिन्स, बङ्गलादेश, हङकङ, ओमन, टर्की, सयुंक्त अरब ईमिरेट्सको सहभागिता रहने उनले जनाए । सम्मेलनमा बिभिन्न देशका ब्यापारीहरुको समभागिता रहने र अर्न्तराष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रर्वधनका साथै बजार ब्यवस्थापन पनि हुने उनको जिकिर रहेकोे थियो ।सम्मेलनमा भाग लिन चाहने नेपाली व्यवसायीहरुले संस्थाको सम्पर्कमा रहेर सहभागिता जनाउन सक्ने समेत उनले जानकारी गराए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *