बनेपामा ट्रकको ठक्करबाट एक महिलाकाे मृत्यु

चैत ८, काभ्रेपलाञ्चोक ।  ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया जुना केसी रहेको छ । 

बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख ४७३५ नम्बरको ट्रकले बनेपा नपा–१४ अरनिको राजमार्ग स्थित २२ किलो भन्ने स्थानमा आज करीब १२ बजे सोही दिशातर्फ गइरहेको ७२ प ६६८२ नम्बरको मोटरसाइकललाई पछडिबाट ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाइकलमा सवार केसीको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

जुना श्रीमान् ४७ वर्षका देवबहादुर केसीसँग मोटरसाइकलमा घर फर्कंदै थिए । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक देवबहादुर केसीकोे सोही अस्पतालमा उपचार भइरहेको छ । जुनाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र त्यसका चालक हेटौँडा निवासी रामभाई गोपालीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =