नेपालको विजयी सुरुवात, भुटान ३–० ले पराजित

 

फागुन २८, काठमाडौँ । पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । 

मंगलबार विराटनगरमा भएको उद्घाटन खेलमा भुटानलाई ३–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । 

null

सुरुवातबाटै आक्रमक खेलेको नेपालले खेलको १३ औँ मिनेटमा मन्जिलीकुमारी योञ्जनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको खेल सकिँदा नेपालले २–० को अग्रता बनायो । खेलको १६ औँ मिनेटमा सावित्राले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । 

दोस्रो हाफको ५४ औँ मिनेटमा निरु थापाले नेपालका लागि तेस्रो गोल गरेकी हुन् । उनको गोल नै निर्णायक गोल बन्यो । 

नेपालले भुटानविरुद्ध खेलेका चारै खेलमा जित निकालेको छ । पछिल्लो पटक २०१४ र २०१६ को साफ च्याम्पियनसिपमा नेपालसँग प्रतिस्पर्धा गरेको भुटान ८९० को गोलअन्तरले पराजित भएको थियो । 

पहिलो पटक घरेलु मैदानमा आयोजना हुन लागेका साफ च्याम्पियनसिपमा नेपाल उपाधिको लक्ष्यमा छ । समुह एमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *