कैलालीका सहायक वनअधिकृत ३० हजार घुस सहित पक्राउ
२०७५ फागुन ३० गते

धनगढी, ३० फागुन । कैलालीका सहायक वनअधिकृत ३० हजार घुस सहित पक्राउ परेका छन् । सहायक वनअधिकृत भरतप्रसाद साह सेवाग्राहीबाट ३० रुपैयाँ घुस लिदै गरेको अवस्थामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो ।
धनगढीको तारानगरमा रहेको सव डिभिजन वन कार्यालयको आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवथामा रंगे हात पक्राउ परेको पक्राउ गर्ने अख्तियारको टोलीले जनाएको छ ।
null
सुनसरीको इनरुवा नगरपालिका ३ का साहलाई काठ चोरीनिकासीको मुद्दा मिलाई दिने भन्दै घुस सेवाग्राहीबाट पैसा लिइरहेको भेटिएपछि रंगेहात समाउन सफल भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रवक्ता टोपबहादुर बिष्टले जानकारी दिनुभयो ।
२०७५ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








