ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

फागुन २३, विराटनगर । विराटनगरमा बिहिबार ट्याक्टरको ठक्कबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर– १२ स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ त ३१५३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट पैदल आउँदै गरेकी विराटनगर–१६ की ५० वर्षिया ठेकनीदेवीरायलाई ठक्कर दिँदा गम्भिर घाइने बनेकी थिइन् । 

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रायको उपचारका क्रममा विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । घटनामा संलग्न ठक्कर ट्याक्टर र चालक सुनसरी बर्जु गाउँपालिका–३ का ४० वर्षिय कोरामा पहाडीलाई नियन्त्रणमा राखिएको प्रदेश जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *