प्रेटोलियम संघका दुई संगठनलाई श्रम तथा रोजगार कार्यालयले बोलायो

चैत्र २, काठमाडौं । अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घले आन्दोलनको तयारी गर्दै गर्दा नेपाल पेट्रोलियम डिलर एसोसिएसन र अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घलाई श्रम तथा रोजगार कार्यालय कोशी (विराटनगर)ले वार्ताको लागि बोलाएको छ । श्रम तथा रोजगार कार्यालयले दुई संगठनलाई चैत्र १० गते वार्ताका लागि आह्वान गरेको छ । 

नया श्रम ऐन २०७४, सामाजिक सुरक्षा ऐन, न्यूनतम पारिश्रमिक लगायतका सेवा कार्यान्वयम नभएको भन्दै मजदूर संघले आन्दोलनको तयारी गरेको थियो । 

सो सन्दर्भमा श्रम तथा रोजगार कार्यालयले समेत श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यन्वयन गर्न गराउन नेपाल पेट्रोलियम डिलर्स एशोशिएसन कोशीलाई पत्राचार गरिसकेको छ । 

null

 

जवाफमा डिलर एशोशिएसनले केन्द्रीय कार्यालयबाट निर्देशन आएपछि कार्यन्वयन गर्ने भनि गैरजिम्मेवार पूर्ण पत्र पठाएपछि श्रम कार्यालयले वार्तामा वोलाएको संघका जिल्ला अध्यक्ष कपलेश्वर मण्डलले जानकारी दिए । 

उनले पेट्रोलियम व्यवसायीहरूले अटेर गरिरहे प्रदेश १ मा पेट्रोलियम पदार्थको विक्रिवितरण ठप्प पार्ने चेतावनी समेत दिए । यस अघिपनि व्यवसायी र मजदूर संघका केन्द्रीय पदाधिकारी बिच भएको छलफल विना निष्कर्ष टुंगिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *