अख्तियारको ‘सिनियर प्रहरी निरिक्षक हुँ’ भन्दै घूस असुल्ने अधिकारीविरुद्ध मुद्दा

 

चैत ४, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) जन्म अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

आयोगको कार्यालयमा अनुसन्धान जारी रहेको मुद्दा तामेलीमा राखिदिने भन्दै सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले अधिकारीलाई रंगेहात नियन्त्रणमा लिएर मुद्दा अगाडी बढाएको हो । 

null

उनीविरुद्ध विगो रकम जफत मागदाबीसहित चार महिनादेखि ६ महिनासम्म कैद सजाय सुनाइएको छ । 

असई अधिकारीलेल आयोगमा विचाराधीन अवस्थामा रहेको सेवाग्राहीविरुद्ध बाटो ग्रावेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजूरी कारवाही प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । एक लाख रुपैयाँ घुस मागेको अडियो रेकर्ड फेला परेपछि उनी पक्राउ परेका हुन् । 

यस्तै उनले चन्दननाथ उच्च माध्यमिक विद्यालयका शिक्षकविरुद्ध आयोगमा शैक्षिक प्रमाणपत्र सम्बन्धी उजूरी परी अनुसन्धान भइरहेको मुद्दामा पनि १४ हजार घुस लिएको खुलेको छ । 

असई अधिकारीले प्रहरी नायव निरीक्षक र प्रहरी निरीक्षक हुँ भनी धम्क्याउने गरेको पनि पाइएको छ । गैरकानूनी तवरबाट फाइदा लिने मनसायले आफ्नो फेसबुक वालमा समेत आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिनियर प्रहरी निरीक्षक भएको उल्लेख गरेका थिए । 

घुसलिने सजाय अन्र्तगत तीन महिना कैद र विगो जरिवाना तथा नपाएको ओहदा पाएँ भन्नेलाई सजायमा एक वर्षदेखि दुई वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *