केरुङ–काठमाडौँ रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि १७ अर्ब माग

 

चैत ४, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारसँग केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि १७ अर्ब बजेट निकासा गर्न माग गरेको छ । 

संघीय संसदको अर्थ समितिको सोमबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा प्रि फिजिबिलिटी अध्ययन सम्पन्न गरेको सो रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न माग गरेका हुन् । 

null

बजेटको अभावमा वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माणका लागि फिजिबिलिटी अध्ययनको कामलाई अघि बढाउन नसकिएको स्पष्ट पार्दै उनले केरुङ–काठमाडौँ रेलमार्गको फिजिबिलिटीका लागि १७ अर्ब आवश्यक रहेको बताएका हुन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार वीरगञ्ज–काठमाडौँ र केरुङ–काठमाडौँ रेलमार्गको काम अघि बढाउन बजेट अभाव भएको छ । केरुङ–काठमाण्डौ रेलमार्ग निर्माणको फिजिबिलिटी अध्ययनका लागि झण्डै ३५ अर्ब र वीरगञ्ज–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि झण्डै ७ अर्ब लाग्ने अनुमान गरिएको छ । 

सचिव अधिकारीले मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म ३८ प्रतिशत पूँजीगत खर्च गरेको पनि समितिलाई जानकारी दिए । उनले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने काममा ढिलाइ भएकाले गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *