महिनावारी, सुत्केरी हुनु गड गिफ्ट हो, यसमा सजाय दिनुहुँदैनः सांसद

 

फागुन २२, काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको विषयको प्रस्ताव पेस भएको छ । 

नेकपा सांसद विन्दा पाण्डेले छाउपडी प्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् । 

null

सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित अन्धविश्वासमा आधारित छाउपडी प्रथाका कारण सुत्केरी तथा महिनावारी भएका महिलाहरुले अपमान र अमानवीय व्यवहार सहँदै आउनुपरेको उनले बताइन् । 

यस्तै राजपा सांसद अमृता देवी अग्रहरीले २१ औँ शताब्दीमा पनि छाउपडी तथा बोक्सी प्रथाले नकारात्मक प्रभाव पारिरहेको बताइन् । 

उनले खासगरी पूर्वतिर यस्तो समस्या धेरै भएको भन्दै यसलाई निर्मूल पार्न जनचेतना अभियान आवश्यक रहेको स्पष्ट पारिन् । उनले आफ्नो जिल्लातिर यस्तो समस्या नरहेको दाबी गर्दै भनिन्, ‘हाम्रो जिल्लातिर यो समस्या छैन । उनीहरुलाई धेरै ब्लिडिङ्ग हुन्छ भनेर भारी उठाउन दिइँदैन । छोरी बुहारी महिनावारी हुँदा हामी स्वच्छ र सफा खाना खुवाएर सुरक्षित ठाउँमा राख्छौँ । किनभने यो गड गिफ्ट हो । महिनावारी हुनु र सुत्केरी हुनु गड गिफ्ट हो । यसमा हामीले खुशी हुनुपर्छ । यसमा सजाय दिनु हुँदैन ।’ 

उनले छाउपडी प्रथा अन्जानमा भइरहेको भन्दै यसका लागि जनचेतना अभियान गरेर समस्या समाधान गर्न आग्रह गरिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *