३० हजार घुससहित वन कार्यालयका सहायक अधिकृत र मध्यस्थकर्ता अख्तियारको फन्दामा

 

फागुन ३०, कैलाली । सब डिभिजन वन कार्यालय, तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी (मध्यस्थकर्ता) पुष्प जोशी घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको टोलीले शाह र जोशीलाई नियन्त्रणमा लिएको हो । 

null

वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिन्छु भनि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा ३० हजार घुससहित उनीहरुलाई नियन्त्रणमा लिइएको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए । 

थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =